बूढीराप्तीमा बेपत्ता बालकको शव भेटियो

केशव

असार २७, २०८२

share this:

रत्ननगर । पूर्वी चितवनको रत्ननगर-७, पडेरियास्थित बूढीराप्ती नदीमा बिहीबार बेपत्ता भएका बालकको शव भेटिएको छ । बिहीबार दिउँसो २ः०० बजे पौडी खेल्ने क्रममा रत्ननगर वडा नं-१५ माधवपुर निवासी १५ वर्षीय अनमोल लम्साल बेपत्ता भएका थिए ।

रत्ननगर नगरपालिकाको नगरप्रहरीको टोलीले शुक्रबार बिहान ५ः१८ बजे पडेरिया पुलबाट दुई किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला पारेको हो ।

बेपत्ता भएको १५ घन्टापछि बालकको शव भेटिएको हो । लम्साल बुधबार पडेरियास्थित मामाघर आएका थिए । साथीसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति ९ः०० बजेसम्म खोजी गर्दा पनि शव भेटिएको थिएन ।