चितवनमा अन्य समयभन्दा साँझ बढी दुर्घटना
फाल्गुन ११, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका–१६, पिठुवा दोबाटो बजारमा भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब १० बजे खैरहनीबाट दोबाटो बजारतर्फ आइरहेको ना ३ त ७४३० नम्बरको ट्रयाक्टरले साइकललाई ठक्कर दिँदा रत्ननगर–१६, सेवा केन्द्र टोलका ७० वर्षीय कृष्णबहादुर पन्तको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी रञ्जन अवाले जानकारी दिए ।
ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका पन्तलाई वडाध्यक्ष हेमराज थापा र स्थानीयवासीको सहयोगमा तत्काल उपचारका लागि रत्ननगरस्थित बकुलहर अस्पताल लगिएकोमा बिहान १०ः२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी अवाले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ । यससम्बन्धमा ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।