राष्ट्रपति पौडेल जेनभा प्रस्थान
जेष्ठ २९, २०८१
चितवन । आइतबार साँझ पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका दुई जना व्यक्तिको करिब ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ ।
माछा मार्ने क्रममा तीन जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बाँकी दुई जनाको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले शनिबार राति सवा १०ः०० बजे सकुशल उद्वार गरेको हो ।
घटनाबारे जानकारी पाएपश्चात् कुरिनटारबाट गोताखोर पठाइएको थियो । उद्वार गरिएकाहरुमा गैँडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओमबहादुर गुरूङ र ४२ वर्षका खुमबहादुर गुरूङ रहेका छन् । बाढीमा फसेका वर्ष ३५ का रमेश बोट भने आफैँ पौडिएर निस्किएका थिए ।