बसको ठक्करबाट साइकलयात्री वृद्धको उपचारका क्रममा मृत्यु

केशव

असार २६, २०८१

share this:

चितवन । भरतपुर महानगरपालिका वडा नं–१०, विशाल चोकमा बसको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु भएको छ ।

काठमाडौँबाट काकरभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०३५३ नम्बरको बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–११, भोजाड बस्ने ७२ वर्षीय खेमलाल अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भई नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेकोमा निजको उपचारको क्रममा मंगलबार ९ः२६ बजे मृत्यु भएको हो । बस र चालक रत्ननगर–१२ बस्ने ४४ वर्षीय रेशम तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।