सर्पले डसेर एक बालक बिरामी

केशव

साउन ६, २०८१

share this:

माडी । माडी नगरपालिका वडा नं-५, ब्रह्मपुरीमा सर्पले डसेर एक बालक बिरामी भएका छन् ।

माडी-५ बस्ने १४ वर्षीय अर्जुन सुनारलाई छिमेकीको घरबाट फर्किने क्रममा घरनजिकै रहेको कुलोको छेउमा सर्पले डसेको थियो । बालकको बघौडा अस्पतालमा उपचार भइरहेको र उपचारमा निजका बुबा हिमाल सुनार संलग्न रहेको प्रहरीले जनाएको छ ।