प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
चैत्र ५, २०८०
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१९, रामपुरस्थित सडकमा बोलेरोको ठक्करबाट बाटो काट्नेक्रममा आठ वर्षीया बालिका घाइते भएकी छन् ।
भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको ना४च ८७३८ नम्बरको बोलेरोको ठक्करबाट भरतपुर–१९, रामपुर बस्ने खुसिलाल मुखियाको आठ वर्षीया छोरी अनुष्का मुखिया घाइते भएकी हुन् ।
घाइते बालिकाको स्थानीय मेडिकलमा उपचारपश्चात् एलाइभ हस्पिटल भरतपुरमा थप उपचार भइरहेको र उपचारमा घाइतेका अंकल रोशन मुखिया संलग्न रहेका छन् ।
बलेरो र बोलेरो चालक भरतपुर–२० बस्ने ३९ वर्षीय यमनारायण श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।