मोटरसाइकलको ठक्करबाट पैदलयात्री बालक घाइते

केशव

बैशाख १०, २०८२

share this:

राप्ती । राप्ती नगरपालिका वडा नं–९, रसौलीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री बालक घाइते भएका छन् ।

अमृतपानीबाट रसौलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००२ प ८९२५ नम्बरको मोटरसाइकलको ठक्करबाट राप्ती–९, रसौली बस्ने टेकबहादुर श्रेष्ठका १० वर्षीय छोरा शिरिष श्रेष्ठ घाइते भएका हुन् ।

घाइते बालकको स्थानीय चौधरी मेडिकलमा सामान्य उपचारपश्चात भरतपुर अस्पतालमा थप उपचार भइरहेको र उपचारमा निजका दाइ सञ्जय श्रेष्ठ संलग्न रहेका छन् ।

मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय बाबुलाल सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।