अटो र स्कुटर एकापसमा ठोक्किँदा चार जना घाइते

केशव

माघ १७, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१४, पकौडीचोकमा अटो र स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

पटिहानीबाट भरतपुरतर्फ जाँदै गरेको प्रदेश ३–००१ ह १५५८ नम्बरको अटो र सुन्दरबस्तीबाट पकौडीतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००२ प १३९२ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।

सो दुर्घटनामा अटो चालक भरतपुर–२२ बस्ने सुमन बोटे, अटोमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया बिना सारु मगर, ६६ वर्षीया विष्णु सारु मगर र ५० वर्षीया लीला बोटे घाइते भएका हुन् ।

घाइते चारै जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको, दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको र फरार रहेका स्कुटर चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।