सूर्यपुर बखान च्याम्पियनसिपको फाइनलमा

केशव

माघ ३०, २०८१

share this:

भरतपुर । सूर्यपुर एफसी तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा अभिषेक चर्च रजहरलाई पराजित गर्दै सूर्यपुरले फाइनलमा स्थान पक्का गरेको हो ।

बखान मिनी रङ्गशालामा भएको खेलमा सूर्यपुरले अभिषेक चर्चलाई ३–१ ले पराजित गरेको हो । सूर्यपुरलाई जिताउन समिराज थोकरले दुई तथा मोहित गुरूङले एक गोल गरे । अभिषेक चर्चका लागि एप्पीले एक गोल फर्काए ।

दुई गोल गरेका समिराज प्लेयर अफ द म्याच भए । सूर्यपुरले अब उपाधिका लागि पटिहानी एफसीको सामना गर्नेछ । पटिहानी पहिलो सेमिफाइनलमा शारदा युथ क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल फागुन १ गते दिउँसो २ः३० बजे हुनेछ । वडा खेलकुद विकास समिति भरतपुर–१९ को आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित चार लाख रुपैयाँ तथा उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ ।