स्कुटरले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते

केशव

माघ ३०, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१५, अतिथि पार्टी प्यालेसअगाडि स्कुटरले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।

रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना २५ प ८३०९ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई पछाडिबाट ठक्कर दिँदा साइकल चालक माडी–६ घर भई हाल भरतपुर–५ सृष्टि चोकमा डेरा गरी बस्ने २३ वर्षीय भीमप्रसाद दराई, साइकलपछाडि सवार चालकका श्रीमती २२ वर्षीया आयुषा दराई, चालकका पाँच वर्षीय छोरा रोनिश दराई, स्कुटर चालक भरतपुर–५ बस्ने ४० वर्षीय नरेन्द्र मल्ल, स्कुटरपछाडि सवार चालकका छोरा छ वर्षीय आभाष मल्ल घाइते भएका हुन् ।

घाइतेहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।