भरतपुर–८ को विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने
बैशाख २४, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–४, हरिकीर्तन मन्दिरअगाडि बोलेरो अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् ।
धर्म चोकबाट जगन्नाथ चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च २०७७ नम्बरको कुखुरा लोड गरेको बोलेरो अनियन्त्रित भई सडकछेउमा दुर्घटना हुँदा बोलेरो चालक भरतपुर–१४ बस्ने २४ वर्षीय विवेक भुजेल र बोलेरोमा सवार कास्कीको पोखरा घर बताउने वर्ष २१ वर्षीय बाबुराम रानाभाट घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र बोलेरोमा रहेका ५५० ब्रोइलर कुखुरामध्ये ३०० वटा मरेको प्रहरीले जनाएको छ ।