दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१
इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–५, मुग्लिनको सार्वजनिक शौचालयनजिकै माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
पृथ्वीराजमार्गमा काठमाडौँबाट बेशीसहरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नम्बरको माइक्रोको ठक्करबाट इच्छाकामना–५, मुग्लिन बस्ने ६५ वर्षीया शुकमाया गुरूङ गम्भीर घाइते भएकी थिइन् ।
टाउकोमा चोट लागी गम्भीर अवस्थामा नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा ल्याइएकोमा वृद्धाको सोमबार बेलुकी ७ः५५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रहरीले माइक्रो र चालक लमजुङको बेशीसहर नगरपालिका वडा नं–६ बस्ने २२ वर्षीय सुरज रावतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।