लमजुङमा पहिरोले तीन घर पुरिँदा चार जना बेपत्ता
असार १२, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, रिजाल चोकमा स्कुटरले पैदलयात्री महिलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा पैदलयात्री भरतपुर–९ बस्ने ४५ वर्षीया लक्ष्मी दराई र बागमती प्रदेश ०३–००५ प २८०८ नम्बरको स्कुटरका चालक भरतपुर–१५ बस्ने ४९ वर्षीय श्रीप्रसाद अधिकारी घाइते भएका हुन् ।
दुवै घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र स्कुटर नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।