प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
चैत्र ४, २०८०
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, बुद्ध गुम्बा चोकमा बोलेरोको ठक्करबाट साइकलयात्री पुरुष घाइते भएका छन् ।
गीतानगरबाट क्षेत्रपुर सब्जी मण्डीतर्फ जाँदै गरेको ग ३ च ३३१२ नम्बरको बोलेरोको ठक्करबाट साइकलयात्री भरतपुर–१०, सिनर्जी चोक बस्ने ४६ वर्षीय नन्दबहादुर श्रेष्ठ घाइते भएका हुन् ।
घाइतको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र बोलेरो र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।