मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धको उपचारका क्रममा मृत्यु
साउन २१, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–११, कुमारी चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
विशाल चोकबाट भोजाडतर्फ जाँदै गरेको ना ५८ प १७४७ नम्बरको स्कुटर पल्टिँदा स्कुटर चालक भरतपुर–१० बस्ने २९ वर्षीय राजकुमार विश्वकर्मा र स्कुटरपछाडि सवार भरतपुर–११ बस्ने २८ वर्षीय अरुण गुप्ता घाइते भएका हुन् ।
दुवै घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र स्कुटर नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।