बागमती प्रदेश : सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु
साउन ८, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं ९, बसन्त चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री बालक घाइते भएका छन् ।
नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४०प ३१०७ नम्बरको मोटरसाइकलले पैदलयात्री भरतपुर–१२ बस्ने सलिना दवाडीका ८ वर्षीय छोरा प्रशान्त दवाडी घाइते भएका हुन् ।
दाहिने खुट्टा फ्याक्चर भएका घाइते बालकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको, उपचारमा निजका मामा पुजन परियार र मोटरसाइकल चालक रत्ननगर–१२ बस्ने २१ वर्षीय सोनाम घलान संलग्न रहेको प्रहरीले जनाएको छ ।