बागमती प्रदेश : सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु
साउन ८, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१५, अतिथि पार्टी प्यालेसअगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना ३८ प ४०३० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री भरतपुर–५ बस्ने २२ वर्षीया दीपशिखा अधिकारी र मोटरसाइकल चालक भरतपुर–१९ बस्ने २६ वर्षीय रवीन गुरूङ घाइते भएका हुन् ।
दुवै घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भइरहेको र उपचारमा साइकलयात्रीका आमा मञ्जु अधिकारी संलग्न रहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय फूलबारीले नियन्त्रणमा लिएको छ ।