कारको ठक्करबाट मोटरसाइकल चालक घाइते

केशव

चैत्र ७, २०८१

share this:

राप्ती । राप्ती नगरपालिका वडा नं–९, लालपुर चोकमा कार र मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

टुङ्गधाराबाट अमृतपानीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ४२६० नम्बरको कार र भित्री बाटोबाट आउँदै गरेको प्रदेश ०३–००१ प ६१८९ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक राप्ती–९ बस्ने ६२ वर्षीय सन्तबहादुर विक घाइते भएका हुन् ।

घाइतेको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको र दुवै सवारीसाधन तथा कार चालक राप्ती– ९ बस्ने २३ वर्षीय दिवश मल्ललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।