भरतपुरमा वन डढेलो तथा अग्नि नियन्त्रण प्रशिक्षण कार्यक्रम सम्पन्न
चैत्र १, २०८०
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, पोखरा बसपार्कपछाडि नारायणी नदीमा चिप्लिएर एक युवक बेपत्ता भएका छन् ।
नवलपुरको देवचुली नगरपालिका वडा नं–१४ बस्ने २७ वर्षीय सचिन कार्की र निजकै दाइ नाता पर्ने सोही ठाउँ बस्ने ३८ वर्षीय रमेश कार्की नारायणी किनारमा घुम्न आएकोमा सचिन कार्कीले ढुङ्गामा टेकेर खुट्टा धुने क्रममा अचानक चिप्लिन गई नारायणी नदीमा खसेर बेपता भएका हुन् ।
बेपत्ता युवकको खोज तलास कार्य भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।