बालगायक परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
पुस १८, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, शहीद चोकस्थित गुरूङ खाजा घरअगाडि कुकुरले बाटो काट्दा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक युवक घाइते भएका छन् ।
बेलचोकबाट शहीदचोकतर्फ आउनेक्रममा कुकुरले बाटो काट्दा बागमती प्रदेश ०६००४ प ३५४८ नम्बरको स्कुटर चालक तनहुँको भिमाद नगरपालिका वडा नं–२ घर भई हाल नवलपुरको गैँडाकोट–२ बस्ने २३ वर्षीय शालिकराम तिमल्सिना घाइते भएका हुन् ।
घाइते युवकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।