मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना घाइते

केशव

जेष्ठ १०, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१९, शारदानगर हेल्थ पोस्टनजिकै मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

चनौलीबाट रामपुरतर्फ आउँदै गरेको ना ३६ प ७९३६ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–१९, शारदानगर बस्ने ६० वर्षीया विष्णुमाया तामाङ र मोटरसाइकल चालक भरतपुर–२० बस्ने ७० वर्षीया हरिप्रसाद लम्साल घाइते भएका हुन् ।

दुवै घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र उपचारमा साइकलयात्रीका छोरा सरोज तामाङ संलग्न रहेका छन् । मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।