ट्रकसँग ठोक्किएर स्कुटर चालक घाइते
चैत्र २८, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, भार्लाङस्थित भित्री सडकखण्डमा ना १ ह ८३०७ नम्बरको अटो ब्रेक फेल भई दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
दुर्घटनामा अटो चालक धादिङको गजुरी गाउँपालिका वडा नं–४ बस्ने २३ वर्षीय पूर्णलाल तामाङ, अटोमा सवार भरतपुर–१० बस्ने २८ वर्षीया विपना देवकोटा, भरतपुर–२९ बस्ने ३२ वर्षीया विष्णु गुरूङ, सोही ठाउँ बस्ने ४२ वर्षीय लालबहादुर गुरूङ, ६० वर्षीया विष्णुमाया गुरूङ र भरतपुर–११ बस्ने २९ वर्षीया भगवती दराई घाइते भएका हुन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।