रत्ननगरमा रगत छादेर एक पुरुषको मृत्यु

केशव

जेष्ठ १६, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१४, श्रीदेवी टोलमा एक पुरुषको मृत्यु भएको छ ।

पर्साको पोखरिया नगरपालिका वडा नं–८ घर भई हाल रत्ननगर–१४, श्रीदेवी टोलस्थितमा डेरा गरी मजदुरी गर्दै आएका ५० वर्षीय रामप्रसाद सहनीको एक्कासि रगत छादेर मृत्यु भएको हो ।

घटनाबारे खबर पाउना साथ इलाका प्रहरी कार्यालय टाँडी र अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी टोलीले घटनास्थल पुगेर थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।