दक्षिणकाली वनभित्र हराएका एक वृद्ध मृत फेला

केशव

जेष्ठ १६, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–६, अमरबस्तीस्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनभित्र हराएका एक वृद्ध मृत फेला परेका छन् ।

जेठ १४ गते बिहान ६ः०० बजे भरतपुर–६, अमरबस्ती बस्ने ६८ वर्षीय पदम पाण्डे घरका कसैलाई पनि जानकारी नदिई देवनगर दक्षिणकाली सामुदायिक वनको दुई नम्बर गेटभित्र गएको स्थानीयले देखेका थिए ।

वनभित्र छिरेका पाण्डे हराएपछि इलाका प्रहरी कार्यालय गीतानगरको टोली, नेपाली सेना, वनका कर्मचारी तथा आफन्तले खोजतलास गर्दै जाँदा जेठ १५ गते १२ः२० बजेको समयमा वनभित्र रहेको घोलमा मृत फेला परेका हुन् ।

घटनाको मुचुल्कालगायत थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, गीतानगरले जनाएको छ ।