रत्ननगर–५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ्य परीक्षण
चैत्र ४, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, लामा गाउँमा जङ्गली च्याउ खाँदा एकै परिवारका चारसहित पाँच जना बिरामी परेका छन् ।
भरतपुर–२९ बस्ने ८२ वर्षीया पुन्टी गुरूङ, निजका छोरा ४० वर्षीय धनबहादुर गुरूङ, बुहारी मनमाया गुरूङ, नातिनी ४ वर्षीया आरिया गुरूङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार बिरामी परेका हुन् ।
उनीहरुको भरतपुर सरकारी असप्तालमा उपचार भइरहेको र उपचारमा पुन्टी गुरूङकी छोरी टंकमाया गुरूङ संलग्न रहेको प्रहरीले जनाएको छ ।