नारायणी नदीमा बन्ने पुलको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने
बैशाख ३०, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, गाईघाटस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा टिप्पर अनियन्त्रित भई पहाडको भित्तामा ठोक्किँदा चालक घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क २१५ नम्बरको टिप्पर पहाडको भित्तामा ठोक्किएर चालक मकवानपुर–८ बस्ने २३ वर्षीय सुमन थिङको दाहिने हात र खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
चालकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र क्षतिग्रस्त टिप्पर हटाउन पहल भइरहेको प्रहरी चौकी, जुगेडीले जनाएको छ ।