रिउ खोलाको छेउमा पुरुषको शव फेला

केशव

जेष्ठ १९, २०८२

share this:

माडी । माडी नगरपालिका वडा नं–३, सिमरास्थित रिउ खोलाको छेउमा रहेको काँसघारीमा एक पुरुष व्यक्तिको शव फेला परेको छ ।

काँसघारीमा शव रहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले शवको मुचुल्कापश्चात् माडी–३, रतनी बस्ने ५५ वर्षीय सुकल चौधरी रहेको निजका छोरा सागर चौधरीले सनाखत गरेको जनाएको छ ।

मृतक चौधरी जेठ १७ गते बिहान काम गरेको ठाउँमा पैसा लिन जान्छु भनी घरबाट हिँडेको भन्ने बुझिएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।