नारायणी नदिमा एक पुरुषको शव फेला
बैशाख ३०, २०८१
राप्ती । राप्ती नगरपालिका वडा नं–५, हर्दीमा नम्बर नखुलेको कारको ठक्करबाट नामथर, वतन नखुलेको अन्दाजी २२ वर्षीय पैदलयात्री युवकको मृत्यु भएको छ ।
भण्डाराबाट खुरखुरेतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो कलरको कारको ठक्करबाट गम्भीर घाइते युवकलाई उपचारका लागि पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा लगिएकोमा बिहीबार बिहान १ः०० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने कार र चालक दुर्घटनापश्चात् फरार रहेकाले खोज तलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।