स्कुटरको ठक्करबाट साइकलयात्री वृद्ध घाइते

केशव

जेष्ठ ३१, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२४, दीप चोकमा स्कुटरको ठक्करबाट साइकलयात्री वृद्ध घाइते भएका छन् ।

अमृत चोकबाट ध्रुव चोकतर्फ जाँदै गरेको बा ५० प २२५६ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–२४ बस्ने ८४ वर्षीय हर्कबहादुर घिसिङ घाइते भएका हुन् ।

घाइते वृद्धको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा घाइतेका छोरा तुलबहादुर घिसिङ संलग्न रहेका छन् ।

स्कुटरसहित चालक भरतपुर–२५ बस्ने १८ वर्षीय आशिष सुनारलाई अस्थायी प्रहरी पोस्ट, अमृतचोकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।