मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
बैशाख ३१, २०८२
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१४, बरौजीमा मोटरसाइकलको ठक्करबाट दुईवटा साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
गीतानगरबाट पटियानीतर्फ जाँदै गरेको ना ६३ प ६७४१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक भरतपुर–१४, बरौजी बस्ने ५५ वर्षीय लोकनाथ बास्तोला, अर्का साइकल चालक भरतपुर–२२ बस्ने ५१ वर्षीय सदाखर अधिकारी घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै, दुर्घटनामा मोटरसाइकल चालक माडी–३, वसन्तपुर बस्ने ३० वर्षीय शंकर विक पनि घाइते भएका छन् । विकको एलाइभ हस्पिटल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।