स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा दुई घाइते

केशव

असार १६, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१९, शारदानगरमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बागमती प्रदेश ०६–००२ प ८६०९ नम्बरको स्कुटरले पैदलयात्री सोही ठाउँ बस्ने ४४ वर्षीया सरिता राना र स्कुटरपछाडि सवार भरतपुर–१९ बस्ने ३६ वर्षीया नारायणी थापा घाइते भएका छन् ।

रानाको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका श्रीमान् एनबहादुर राना संलग्न रहेका छन् ।

यस्तै, थापाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र स्कुटर र चालक भरतपुर–१८ बस्ने ३० वर्षीय विक्रम थापा नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।