जेसिबीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

केशव

असार १६, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–६, डाङ्ग्रे चोकस्थित भित्री सडकखण्डमा जेसिबीको ठक्करबाट मोटरसाइकलपछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

बछौलीबाट चित्रसारीतर्फ जाँदै गरेको बा ३ क ६८७ नम्बरको जेसिबीले चित्रसारीबाट बछौलीतर्फ आउँदै गरेको ना ३६ प ३०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर–७ बस्ने ३५ वर्षीय राजु चौधरी र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका थिए ।

दुवै घाइतेको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेकोमा सन्तोष चौधरीको असार १३ गते पुरानो मेडिकल कलेज (सिएमसी)मा थप उपचारका लागि लगिएकोमा असार १६ गते बिहान १ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् फरार रहेको जेसिबी र चालक माडी–४ बस्ने २१ वर्षीय आकाश मर्दनियालाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, रत्ननगरले जनाएको छ ।