रत्ननगर–१३ मा क्षयरोग खोजपड्तालसम्बन्धी अभिमुखीकरण
चैत्र ११, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१२, सालघारीमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।
सालघारीबाट जयमंगलातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प ७३१ नम्बरको मोटरसाइकलले बाराको कलैया–१२ घर भई हाल रत्ननगर–१२ बस्ने ममता केशरीका ३ वर्षीय छोरा प्रिन्स केशरी कुमार गम्भीर घाइते भएका हुन् ।
घाइते बालकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका आमा संलग्न रहेकी छन् ।
मोटरसाइकलसहित चालक रत्ननगर–११, जिरौना बस्ने २० वर्षीय प्रवेश थापालाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको जनाएको छ ।