नौरङ्गेमा गुरूङमाथि खुकुरी प्रहार गर्ने दुई युवा सार्वजनिक
जेष्ठ १४, २०८१
प्रदूषणका कारण काठमाडौंको वायु आज पनि अस्वस्थकर छ । चैतयता निरन्तर बढिरहेको वायु प्रदूषण शुक्रबार मध्याह्न १२ः३० बजे एयर क्वालिटी इन्डेक्स एक्यूआई १६६ सम्म पुगेको छ ।
वातावरण विभागको सूचकांकअनुसार काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानको एक्यूआई ११७ देखि १६६ सम्म छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुको यो गुणस्तर अस्वस्थकर वर्गमा पर्दछ ।
गएको २४ घण्टाको औसत वायुको गुणस्तरअनुसार भरतपुर सबैभन्दा प्रदूषित देखिएको थियो । भरतपुरको एक्यूआई १८५ पुगेको थियो । शुक्रबार १२ः३० मा भने भरतपुरमा एक्यूआई १५७ छ ।