एनएसजिएफको छैटौँ राष्ट्रिय सम्मेलन सौराहामा सम्पन्न
माघ १७, २०८१
भरतपुर महानगरपालिका वडा नं ८ को विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर–८ को मख्खन चोकदेखि डेरी चोकसम्मको क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।
११ केभी प्रसारण लाइनको स्तरोन्नतीका लागि विद्युतीय संरचनाहरु स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।
मख्खन चोकदेखि डेरी चोकसम्मको क्षेत्रमा पर्ने मध्यविन्दु टोल, हेल्थ पोष्ट, मर्स्याङदी टोल लगायतका स्थानमा विद्युत अवरुद्ध हुने बताइएको छ । निर्धारित समय अगावै काम सकिएमा छिटो लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।