भरतपुर महानगरले अन्तर्राष्ट्रिय पर्यटनविज्ञ सम्मेलन गर्ने

केशव

साउन १, २०८१

share this:

चितवन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटनविज्ञ सम्मेलन–२०२४ आयोजना गर्ने भएको छ । आगामी ६ महिनाभित्रमा ५० भन्दा बढी देशका विज्ञहरुलाई निमन्त्रणा गराई अन्तर्राष्ट्रिय पर्यटन विज्ञ सम्मेलन–२०२४ गर्ने भएको हो ।

घुमौँ भरतपुर–२०२४ लाई सफल बनाउन र दिगो पर्यटन विकास गर्ने उद्देश्यले महानगरले अन्तर्राष्ट्रिय पर्यटन विज्ञ सम्मेलन– २०२४ गर्न लागेको हो । सम्मेलनमा बेलायत, मलेसिया, म्यानमार, अस्ट्रेलिया, बंगलादेशलगायतका ५० भन्दा बढी राष्ट्रका विज्ञहरु सहभागी हुनेछन् ।

‘सम्मेलनमा कानुनविज्ञ, डाक्टर, वकिल, इन्जिनियर, पूर्वमन्त्रीहरु, पत्रकारहरुलगायत विभिन्न क्षेत्रका अब्बल र लब्ध प्रतिष्ठत व्यक्तिहरुलाई सहभागिता गराइने लक्ष्य छ’, आट्राडो नेपालका अध्यक्ष दिवस घिमिरेले भने, ‘अधिकाश देशहरुमा पुगेर निमन्त्रणा गर्ने काम भइसकेको छ अब बाँकी १६ राष्ट्रका विज्ञहरुलाई मात्र निमन्त्रणा गर्ने र महानगरको भ्रमण वर्षको झण्डा प्रदान गर्न बाँकी छ ।’

उनका अनुसार युआनका महासचिव वान कि मुनलाई महानगरले विशेष निमन्त्रणा गर्ने छ । अध्यक्ष घिमिरे बुधबार गैरआवासीय नेपाली संघ कतारको निमन्त्रणामा भ्रमण वर्षको झण्डा बोकेर कतार जाँदैछन् । कतारमा रहँदा उनले नेपाल, कतार र घुमौँ भरतपुरको ब्यानरसहित कार्यक्रम गर्ने र त्यहाँका विज्ञहरुलाई निमन्त्रणा गर्नेछन् ।

भरतपुर महानगरपालिकाले आट्राडो नेपालसग सहकार्य र समन्वय गरेर ६ महिनाभित्रमा ५० भन्दा बढी देशका विज्ञहरुलाई निमन्त्रणा गराई अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन–२०२४ गर्न लागेको हो ।

अध्यक्ष घिमिरेले मंगलबार भरतपुर महानगरका प्रमुख रेनु दाहाल तथा उपप्रमुख चित्रसेन अधिकारीलाई १६ वटा राष्ट्रका झण्डासमेत प्रदान गरेका छन् । सोही अवसरमा अध्यक्ष घिमिरेलाई भ्रमण वर्षको झण्डा प्रदान गर्दै नगरप्रमुख दाहालले कतार यात्राको शुभकामनासमेत दिइन् । अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनले भरतपुरमा नयाँ तरङ्ग ल्याउने बताउँदै प्रमुख दाहालले यो सम्मेलन भरतपुरको लागि निकै मह¤वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

यस्तै, नगर उपप्रमुख चित्रसेन अधिकारीले यो सम्मेलन भरतपुर महानगरपालिकाको लागि मात्र नभई चितवनसहित देशकै लागि नयाँ र फरक खालको हुने बताए । पर्यटन क्षेत्रमा दिगोपना ल्याउनका लागि पनि यो सम्मेलन निकै अर्थपूर्ण रहने उनले बताए ।