मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धको उपचारका क्रममा मृत्यु

केशव

साउन २१, २०८१

share this:

कालिका । कालिका नगरपालिका वडा नं-६ स्थित नगरपालिका चोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

खोलेसिमल बजारबाट क्लब चोकतर्फ जाँदै गरेको ना ६५ प ६९९नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ७० वर्षीय शिवनारायण श्रेष्ठको उपचाचरका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको छ ।

दुर्घटनामा दाहिने खुट्टा, पेट र नाकमा चोट लागी गम्भीर घाइते भएका कालिका नगरपालिका वडा नं-६ बस्ने श्रेष्ठको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा सोमबार बिहान ०१ः२१ बजे मृत्यु भएको हो ।

मोटरसाइकल र चालक इच्छाकामना गाउँपालिका वडा नं-७ बस्ने २३ वर्षीय विराज तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।