रत्ननगरमा ‘टोल–टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान
असार १, २०८२
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२५, बुद्धनगरमा बाटोमा मकै सुकाउँदै गरेको अवस्थामा एक युवक हाइस गाडीको ठक्करबाट घाइते भएका छन् ।
ना १ ज ८७७३ नम्बरको हाइस गाडीले भरतपुर–२७ बस्ने २८ वर्षीय कमल तिमल्सिना घाइते भएका हुन् । घाइते युवकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा घाइतेका मामा अर्जुन सुवेदी संलग्न रहेका छन् ।
हाइस गाडीसहित चालक भरतपुर–२७, धर्मपुर बस्ने २८ वर्षीय छविलाल न्यौपानेलाई इलाका प्रहरी कार्यालय, दिव्यनगरले नियन्त्रणमा लिइएको जनाएको छ ।