बसको ठक्करबाट स्कुटरमा सवार दुई गम्भीर घाइते

केशव

माघ २२, २०८१

share this:

राप्ती । राप्ती नगरपालिका वडा नं–१, पिप्लेमा बसको ठक्करले स्कुटरलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट भण्डारातर्फ आउँदै गरेको लु २ ख १४९१ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४४ प ०११३ नम्बरको स्कुटरलाई बाटो क्रस गर्नेक्रममा ठक्कर दिँदा स्कुटर चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं–१४ बस्ने ४८ वर्षीय रामहरि पौडेल र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने ४६ वर्षीया देविका पौडेल गम्भीर घाइते भएका हुन् ।

दुवै घाइतेको उपचारको लागि भरतपुरतर्फ पठाइएको र दुवै सवारीसाधन तथा बस चालक रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं–४ बस्ने ४४ कन्हई खवासलाई इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।