सङ्क्रमण रोकथामसम्बन्धी क्षमता अभिवृद्धि तालिम

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा सङ्क्रमण रोकथामसम्बन्धी क्षमता अभिवृद्धि तालिम रत्ननगर–१३ स्थित पञ्चकन्या स्वास्थ्यचौकीमा सुरू भएको छ । रत्ननगरका १६वटा स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगीहरुलाई सङ्क्रमण रोगबारे सचेतना प्रदान गर्न सो तालिमको आयोजना गरिएको हो ।
रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले नगरभित्र सञ्चालित स्वास्थ्यकेन्द्र, स्वास्थ्यचौकी र अस्पतालमा कार्यरत कार्यालय सहयोगी बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने र उपचारकक्षसम्म हेलमेल हुनुपर्ने भएकाले सर्वप्रथम आफू सुरक्षित रहनु आवश्यक रहेको बताए । उनले सङ्क्रामक रोग फैलिन नदिन र उनीहरुको स्वास्थ्यप्रति संवेदनशील रहँदै सेवाग्राहीसँग सम्पर्क गर्नका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।
रत्ननगर–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले अन्य स्वास्थ्यकर्मीहरुलाई बेलाबेलामा तालिम सञ्चालन गरिए पनि कार्यालय सहयोगीहरुलाई लक्षित गरी मह¤वपूर्ण तालिमको आयोजना गरेकोमा स्वास्थ्य शाखाप्रति आभार व्यक्त गरे ।
सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य शाखाका सिअनमी अम्बिका पौडेलले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा क्षयरोग संयोजक आशिका घिमिरे, सिअनमी निरीक्षक रुकमाया शर्मा, आधारभूत स्वास्थ्यकेन्द्र रत्ननगर–१२ का प्रमुख रुपमति आले, खोपकेन्द्र रत्ननगर–१ का सिअनमी सनसिला बस्नेतले सहभागीहरुलाई सहजीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य रत्नकुमारी श्रीमललगायत १६ वडाका कार्यालय सहयोगीहरुको सहभागिता रहेको थियो ।