एक करोड ५० रुपैयाँ ठगी गरेको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ
जेष्ठ २१, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, भरतपुर गार्डेन रिर्सोटअगाडि मोटरसाइकल र अटो एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बागमती प्रदेश ०६–००२ प ४०५८ नम्बरको मोटरसाइकल र ना २ ह ४५२१ नम्बरको अटो एकापसमा ठोक्किँदा मोटरसाइकल चालक भरतपुर–२३ बस्ने ५९ वर्षीय राजेन्द्र पोख्ररेल, मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीया आकृति पन्त र अटो चालक भरतपुर–९ बस्ने ५२ वर्षीय बद्रि सापकोटा घाइते भएका हुन् ।
तीनै जना घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।