मोटरसाइकलको ठक्करबाट पैदलयात्री बालिका घाइते

केशव

जेष्ठ १०, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–४, देबौली आइरन फ्याक्ट्रीअगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्री बालिका घाइते भएकी छन् ।

टाँडीबाट सौराहातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०२ प ८४३० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्नेक्रममा रत्ननगर–४ बस्ने १३ वर्षीया सिम्रन परियार घाइते भएकी हुन् ।

घाइते बालिकाको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको र उपचारमा मोटरसाइकल चालक रत्ननगर–१, बकुलहर बस्ने २५ वर्षीय उत्पल कुँवर संलग्न रहेका छन् । मोटरसाइकल अस्थायी प्रहरी पोस्ट मैनाहाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।