भरतपुर–८ को विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने
बैशाख २४, २०८१
माडी । माडी नगरपालिका वडा नं–१, धु्रव चोकमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
बागमती प्रदेश ०६–००३ प ४३३९ नम्बरको मोटरसाइकलमा भरतपुरबाट माडी जानेक्रममा भरतपुर–५, विकास चोक बस्ने ५५ वर्षीय शिवराज भण्डारीलाई गैँडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका भण्डारीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान ६ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।