पश्चिम चितवनको मेघौली क्षेत्रमा आतंक मच्चाइरहेको बाघ नियन्त्रणमा

चितवन अनलाईन न्युज

जेष्ठ ८, २०८१

share this:

पश्चिम चितवनको मेघौली क्षेत्रमा आतंक मच्चाइरहेको साढे दुई वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रक प्राविधिकहरूको टोलीले डार्ट गरी मंगलबार नियन्त्रणमा लिइएको हो ।

बाघले तिन दिनका अन्तरालमा भरतपुर २८ को सानो भरतपुर गाउँ र अन्द्रौलीमा गरी ६ वटा बाख्रा मारेको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विशाल कुमालले बताए ।

सो बाघलाई अहिले कसरा स्थित खोरमा राखिएको छ ।