कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध
असार १४, २०८१
राप्ती । राप्ती नगरपालिका वडा नं–५, भण्डारा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले साइकलयात्री वृद्धलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
डडुवाबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा ८४ प ११७८ नम्बरको मोटरसाइकलले सडक क्रस गर्न लागेका साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा साइकलयात्री राप्ती–६ बस्ने ८० वर्षीय रामेश्वरकुमार चौधरी र मोटरसाइकल चालक सर्लाहीको बागमती नगरपालिका वडा नं–१० बस्ने १९ वर्षीय सन्दीप अधिकारी घाइते भएका हुन् ।
दुवै घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।