सनमको निर्णायक गोलमा बागमती विजयी
माघ १३, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१९, गोर्खाली चोकमा स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
चनौलीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४५ प १०९८ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ००२ प ८०९१ नम्बरको मोटरसाइकल नेटको तारमा अल्झिएर ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक भरतपुर–१८ बस्ने ४५ वर्षीय सीताराम परियार र मोटरसाइकल चालक भरतपुर–२०, शारदानगर बस्ने ६५ वर्षीय मोती गुरूङ घाइते भएका हुन् ।
स्कुटर चालक उपचारपश्चात् डिस्चार्ज भई जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको र गम्भीर घाइते गुरूङका छोरा अजय गुरूङले आफूखुसी काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा रेफर मागी लगेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन प्रहरी चौकी रामपुरले नियन्त्रणमा लिएको छ ।