नारायणी नदीमा बन्ने पुलको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने
बैशाख ३०, २०८१
कालिका । कालिका नगरपालिका वडा नं–७, सगुन टोलस्थित भित्री सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिला गम्भीर घाइते भएकी छन् ।
जुटपानीबाट भरतपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कालिका–७ बस्ने ५० वर्षीया सुनमाया गुरूङ गम्भीर घाइते भएकी हुन् ।
घाइते महिलाको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका छोरी संलग्न रहेकी छन् । ठक्कर दिने मोटरसाइकल फरार रहेकाले खोज तलास कार्य भइरहेको प्रहरी चौकी, जुटपानीले जनाएको छ ।