प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
चैत्र ४, २०८०
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१५, स्याङ्जाली चोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् ।
बागमती प्रदेश ०६–००१ ब ००७९ नम्बरको मोटरसाइकल र ना २९ प १५३९ नंम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक भरतपुर–२१ बस्ने ३२ वर्षीय लक्ष्मण गिरी, स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने ४६ वर्षीय लीलाबहादुर रोका, मोटरसाइकल चालक राप्ती–१२ का सव इन्जिनियर कर्मचारी भरतपुर–४ बस्ने ३३ वर्षीय विजय पौडेल, मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने १८ वर्षीय सविन पौडेल घाइते भएका हुन् ।
घाइतेहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय फूलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।