कान्तिपुर इन्टरनेशनल कलेजले गरयो एमओयू
काठमाडौं, १८ चैत । कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलबीच आइतबार दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ। समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्रा डा जीवराज पोखरेल र नेपाल इको प्यानलकातर्फबाट व्यवस्थापक जनरल म्यानेजर विक्रम गोसाईले हस्ताक्षर गरेका छन्।
कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई इको प्यानलको कारखानामा अवलोकन भ्रमण गराउने, कार्यशाला (सिमेन्ट/कंक्रिट सम्बन्धित) गेस्ट लेक्चरका विषयमा सहमति भएको हो। सहमति अनुसार नेपाल इको प्यानलले कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई कारखाना भ्रमणको सुविधा दिने छ।
भ्रमण आवश्यकता अनुसार वा प्रत्येक शैक्षिक सेमेस्टरमा एक पटक हुनेछ । कलेजले त्यसको लागि नेपाल इको प्यानललाई प्रस्तावित भ्रमण मिति भन्दा कम्तीमा १५ दिन अगाडि सूचित गर्नेछ।
कार्यशाला (सिमेन्ट/कंक्रिट सम्बन्धित)/गेस्ट लेक्चर सम्वन्धमा नेपाल इको प्यानल सबै सेमेस्टरमा सिमेन्ट सम्बन्धि वा अन्य विषय सम्बन्धि विषयहरूमा विभिन्न कार्यक्रमका विद्यार्थीहरूका लागि सञ्चालन गर्न सहमत हुनेछ।
विशिष्ट विषयहरू र तालिका प्रत्येक सेमेस्टर अघि दुवै पक्षहरूद्वारा पारस्परिक रूपमा सहमत हुनेछन् । कार्यशाला व्यवस्थासँग सम्बन्धित सबै खर्चहरू (सहयोगकर्ता, प्रदर्शनका लागि उपकरण वा अन्य सम्बन्धित लागत) कलेजले व्यवस्था गर्नुपर्र्ने छ। दुबै पक्षहरू आवश्यक पर्दा कक्षाहरू व्याख्यानको लागि पर्याप्त ठाउँ/परिसर उपलब्ध गराउन सहमत छन्।
एमओयू पाँच वर्षको अवधिको लागि हुने जनाइएको छ। सहमति अनुसार कलेजलाई इको प्यानलसँंग औद्योगिक भ्रमण, अतिथि व्याख्यान र सिमेन्ट सम्बन्धी अन्य कुनै पनि शैक्षिक गतिविधिहरूमा सहकार्य गर्ने विशेष अधिकार हुनेछ। यो लिखित रूपमा दुवै पक्षको आपसी सहमतिद्वारा विस्तार गर्न सकिने सहमति छ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशनको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। यसको कारखाना भक्तपुरको झौखेलमा छ भने कर्पाेरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ।