पश्चिम चितवनको मेघौली क्षेत्रमा आतंक मच्चाइरहेको बाघ नियन्त्रणमा
जेष्ठ ८, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–४ देबौलीमा अटो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।
टाँडीबाट सौराहा जाँदै गरेको ना २ ह ३१९४ नम्बरको अटो दुर्घटनामा अटो चालक रत्ननगर–२ बस्ने ५३ वर्षीय बुद्धिमान लामा र नवलपरासीको बर्दघाट–४ बस्ने २८ वर्षीया बिन्दु गौतम घाइते भएका छन् ।
घाइते चालकको बकुलहर रत्ननगर अस्पताल टाँडीमा उपचार भइरहेको छ भने अटोमा सवार गौतमको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उपचारमा निजका श्रीमान् सन्दीप बस्याल संलग्न रहेको र अटो प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।